९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

श्रीलंकाली संसदमा खुर्सानीको धुलो र कुर्सी फ्याँकियो



एजेन्सी ।
श्रीलंकाली संसदमा शुक्रबार पनि हंगामा मच्चिएको छ । बिहीबार एकआपसमा झडपमा उत्रिएका श्रीलंकाली सांसद शुक्रबार झनै उग्र रुपमा उत्रिएका थिए ।
शुक्रबारको संसद बैठकमा सांसदहरुले एक अर्कामा खुर्सानीको धुलो फ्याँके । बिहीबारको कुर्सी हानाहान शुक्रबार पनि दोहोरियो । संसद बैठक उग्र भएपछि सभामुख कारु जयसूर्याले भित्रै प्रहरी बोलाउनु परेको थियो । उनले सोमबारसम्म सदनको कारबाही स्थगित पनि गरेका छन ।
शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पास भएको छ । राजापाक्षे समर्थक सांसदहरुले विपक्षी सांसदहरुलाई अवरोध पुर्याउन हंगामा गरेका थिए । उनीहरुले प्रहरीमाथि पनि खुर्सानीको धुलो फ्याँकेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७५ शनिबार ००:००  ७ : ३८ बजे