९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाल क्लबले भैलो खेलेर उठाएको रकम विपन्नलाई



प्यूठान ।
गाउँ गाउँमा देउसी भैलो खेलिन्छ । देउसी भैलोबाट केही ठाउँमा सामाजिक क्षेत्रमा लगानी गरिए पनि प्रायः भोज, पिकनिक गरेर सकिन्छ । तर प्यूठान नगरपालिका ४ टारीमा रहेका बालबालिकाले बाल क्लबको तर्फबाट देउसी भैलो खेलेर संकलन गरिएको दान विपन्न समुदायका केटाकेटीका वर्गका लागि खर्च गरेका छन ।
प्यूठान नगरपालिका ६ टारीमा रहेको जनसेवा बाल समूहको देउसीभैलो कार्यक्रमबाट ४८ हजार ५१० रुपैयाँ संकलन भएको बाल क्लबले जनाएको छ । संकलित रकमबाट प्यूठान नगरपालिका ४ खानीखोला निवासी मिनबहादुर सुनारकी छोरी ६ वर्षीया समीक्षा सुनारलाई न्यानो लुगा, कापी, पेन्सिल र कटर, खानीखोलाकी एकल महिला पिमा सुनारको भत्किएको घरको निर्माणका लागि पाँच हजार रुपैयाँ सहयोग गरिएको छ ।
अरु रकम स्थानीय गाउँघर फोहोर व्यवस्थापनको लागि खर्च गर्नेगरी छुट्याइएको स्थानीय सुमन सुवेदीले जानकारी दिनुभयो । गाउँघर सफा राख्न बाल क्लबले गाउँघरबाट निस्किने फोहोर व्यवस्थापन लागि परेको सुमन सुवेदीले बताउनुभयो ।

प्रकाशित मिति : १ मंसिर २०७५ शनिबार ००:००  ७ : ३२ बजे