९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अभिभावक भेला सहित वक्तृत्वकला



मायादेवी अनलाइन, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाका अवस्थित पाँकुरी आधारभूत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि हिजो अभिभावक भेला सहित वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच अतिरिक्त कार्यक्रम अन्तरगत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । वक्तृत्वकला प्रतियोगिता कक्षा ४ देखि ५ सम्मको लागि मेरो विद्यालय र ६ देखि ८ सम्मको लागि समाज परिवर्तनमा विद्यार्थीको भूमिका विषयमा छुट्टा छुट्टै सञ्चालन गरिएको थियो ।
विद्यार्थीहरूको बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले सो प्रतियोगिता सञ्चालन गरिएको विद्यालयले बताएको छ ।
त्यसै अवसरमा तहगत रुपमा उत्कृष्ट भएका प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर लुईचेद्वारा पुरस्कृत गरिएको थियो ।
त्यस्तै अभिभावक भेला तर्फ विद्यालयको गुरूयोजना निर्माण तथा आगामी योजनाका सम्वन्धमा छलफल गर्न शिक्षक, कक्षा शिशु देखि ८ मा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरू, विद्यार्थी, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ विच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्यक्रममा शिक्षक विद्यार्थी र अभिभावक विच गुणस्तर सुधार गर्न आआफ्नो क्षेत्रवाट गर्नुपर्ने कार्यहरूको विच गम्भीर रूपमा छलफल गरिएको थियो । जस अन्तरगत विद्यालयका प्रअ गणेश बेल्बासेले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा अभिभावकहरूवाट शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नका लागि गणित अङ्ग्रेजी र विज्ञान विषयमा कमजोर विद्यार्थी लाई विषेश समुहमा राखेर अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने, अभिभावकहरु विद्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने, विद्यार्थी हरूलाई आवश्यक शैक्षिक पृष्ठपोषण तथा पुरस्कारको व्यवस्था गर्नुपर्ने, शिक्षक अभिभावक विच मैत्रीपूर्ण वातावरणको सिर्जना गर्नुपर्ने जस्ता सुझाव पाप्त भएको थियो ।
कार्यक्रममा प्रधानाध्यापक गणेश बेल्बासेले शैक्षिक स्तरको वृद्धि गर्न विद्यालयवाट मात्रै संभव नहुने भन्दै अभिभावकहरूको समेत सहयोग चाहिने स्पस्ट पारेका थिए ।
सो कार्यक्रममा वि व्य स अध्यक्ष खुमबहादुर लुईचे, प्रमुख सल्लाहकार रामबहादुर घर्ती, वि व्य स सदस्य कमानसिहं सार, शि अ संघ का सदस्य विर वहादुर खत्री, बालकुमारी खाम्चा, अभिभावक मानसिंह पुन, सूर्य ब. पल्ली लगायतका वक्ताले आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।
शिक्षक हुमीसरा विकको अध्यक्षता, शिक्षक तिलकराम बन्जाडेको स्वागत मन्तव्य, प्रअ गणेश बेल्बासेको सञ्चालन भएको उक्त कार्यक्रममा करिब ६० जना अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको विद्यालयले बताएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७५ शनिबार ००:००  १२ : ४० बजे