९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वडा नम्बर ६ लाई बालमैत्री बनाउन सरोकारवालाको ऐक्यबद्धता



दीपा महत, कपिलवस्तु ।
वाणगंगा नगरपालिकाको वडा नम्बर ६ लाई बालमैत्री वडा बनाउन सरोकारवालाले प्रतिबद्धता ब्यक्त गरेका छन् । शुक्रबार वडा नम्बर ६ को वडा कार्यलयमा भएको बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सो प्रतिबद्धता जाहेर गरिएको हो ।
कार्यक्रममा विष्णुप्रसाद चौबेले प्रशिक्षण दिनुभएको थियो । वाणगंगा नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने योजना अनुरुप स्थानीय स्तरबाटै प्रतिबद्धता आएको हो । वडा नम्बर ६ लाई २०७६ फागुन मसान्त भित्र बालमैत्री वडा घोषणा गर्ने योजना रहेको छ ।
कार्यक्रम वडा अध्यक्ष सुकदेव थारुको अअध्यक्षता, सामाजिक विकास शाखाका प्रमुख लक्ष्मी पौडेलको प्रमुख आतिथ्यता, वडा सदस्य शान्ता पाण्डेको स्वागत मन्तब्य र वडा सचिव बुद्धीसागर बेल्वासेको सञ्चालनमा भएको हो ।

प्रकाशित मिति : १ मंसिर २०७५ शनिबार ००:००  १२ : ३६ बजे