९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पत्रकारितालाई मर्यादित बनाउनुपर्नेमा एक कार्यक्रमका बक्ताहरुको जोड



मायादेवी अनलाइन, कपिलवस्तु ।

राज्यको चौथो अंकको रुपमा रहेको पत्रकारितालाई मर्यादित बनाउनुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तुको नवौं बाािषर््क साधारणसभाको खुल्लासत्रमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीले कपिलवस्तुमा मिडियाको विकास हात्वै बढेपनि गुणस्तरीयतामा केही कमी कमजोर रहेको स्विकार गर्नुभयो । अब पत्रकार महासंघले पत्रकारको क्षमता अभिवृद्धीमा काम गर्ने गिरीले बताउनुभयो । राज्यले सुचनाको हक सबैलाई दिएको भन्दै प्रयाप्त सुचना दिन सरकारी कार्यालयले कन्जुस्याई गर्न नहुनेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का अध्यक्ष मौसम रोकाले देशमा लोकतन्त्र, गणतन्त्र स्थापनामा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । राज्य पूर्ण प्रेसमैत्री हुनुपर्ने भन्दै जारी संविधानको सफल कार्यान्वयनमा पनि मिडियाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले कपिलवस्तुमा प्रशासन र पत्रकार बीचको सम्बन्ध सुमधुर रहेको बताउनुभयो । प्रशासनको काम शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण गर्ने र कानुनको पालना गराउने भएको भन्दै पत्रकारको काम पनि यसैमा बढी केन्द्रीत हुने बताउनुभयो ।

कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले कपिलवस्तुका मिडिया प्रवर्धनमा आफु सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकार राज्यको चौथो अंग भएकोले सत्यतथ्य विषयबस्तु प्रकाशन र प्रशारणमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रेस युनियन कपिलवस्तुका सभापति गोपाल भण्डारी, बरिष्ठ पत्रकार बनारसी बर्मा लगायतले बोल्नुभएको थियो । महासंघका शाखा अध्यक्ष डिलाराम भुसालको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव हरि अधिकारीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७५ शुक्रबार ००:००  १ : ४४ बजे