९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

न्यायिक समितिमा उजुरी न्यून



रुकुम (पूर्व) ।
जिल्लामा न्यायिक समितिप्रति नागरिकको आकर्षण देखिएको छैन । स्थानीय तह बनी न्यायिक समिति गठन भएको एक वर्षभन्दा लामो समय बितिसक्दा पनि जिल्लामा रहेका न्यायिक समितिमा निकै कममात्रामा उजुरी परेका छन् ।
जिल्लामा तीनवटा स्थानीय तह रहेकामा एउटा स्थानीय तह भुमे गाउँपालिकाको न्यायिक समितिमा कुनै पनि उजुरी परेका छैनन् । दोस्रो चरणमा असार १४ गते स्थानीय तहको निर्वाचन भएसँगै गाउँपालिकामा न्यायिक समिति गठन गरिएको तर अहिलेसम्म कुनै पनि उजुरी नपरेको न्यायिक समिति संयोजक मनकुमारी बुढा विष्टले जानकारी दिनुभयो । केही समान्य उजुरी भए पनि वडामै मिल्ने गरेकाले न्यायिक समितिमा एउटा पनि उजुरी नपरेको विष्टको भनाइ छ ।
जिल्लाको सिस्ने गाउँपालिकामा रहेको न्यायिक समितिमा हालसम्म सात वटा उजुरी परेका छन् । तीमध्ये दुई उजुरीमाथि छलफल भई मेलमिलाप भइसकेको र बाँकी पाँच उजुरीमाथि छलफल भइरहेको न्यायिक समिति संयोजक गोबरधन बुढाले बताउनुभयो । वडामा मेलमिलाप केन्द्र बनेपछि धेरै कुरा वडामै मिल्ने गरेकाले गाउँपालिकामा निकै कममात्रामा उजुरी आउने गरेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७५ शुक्रबार ००:००  ९ : १७ बजे