कपिलवस्तु ।
मानसिक रोगको उपचार गरी रहेका कपिलवस्तुका पुन परिवार आगलागीको चपेटा परेका छन । बुद्धभूमि नगरपालिका वडा नं. ३ टाकु घर भएका धन वहादुर पुनको घरमा सोमवार राती आगलागी भएको थियो । घरमा जेठी छोरी मात्र भएको वेला आगलागी भएको हो । आगलागी कसरी भयो कारण भने खुल्न सकेको छैन ।
केहीले माईलो छोरा विजयले आगो लगाएको आशंका गरे पनी त्यो रात विजय घर नभएको वताईएको छ । आगलागी पछी खरले छाएको कच्ची घर जलेको छ । घरमा भएका कपडा, विस्तारा, खाद्यान्य, भाडा कुडा जलेर छन ।
उहाको आर्थिक अवस्था अत्यन्त कमजोर छ । आम्दानीको स्रोत छैन । खाद्य सामग्री कपडा किन्न सक्ने अवस्था छैन । घरमा ४ जना छन । ३ जना मानसिक रोगी छन । एक जना बालिका मात्र स्वथ्य छिन । हेरविचार गर्ने कोही छैन । विमारी भए पछी पुनकी पत्नी दोस्रो विहे गरी छाडेर गइन ।
रकमको जोहो नहुदा ४ बर्ष उपचार नगरी उहाँ बस्दै आउनुभएको छ । पैसा नहुदा उपचार हुन सकेन भन्ने समाचार प्रकाशन भए पछी पुन परिवारलाई गोरुसिंग स्थित बुद्ध पोली क्लिनीकले उपचारमा सहयोग गरेको थियो ।
अति गरीव र समस्यामा परेका पुन परिवारलाई सवै क्षेत्रबाट सहयोग गर्नु गर्न वडा नं. ३ का वडा अध्यक्ष गोविन्द प्रसाद आचार्यले सबैमा आग्रह गर्नुभएको छ ।
घटनाको अनुगन गर्दै बुद्धभूमि नगरपालिकाका उपमेयर मिरा थारुले पुन परिवारको घर निमार्णको लागी नगरपालिकाले जस्तापाता र ५ हजार सहयोग गर्ने वताउनुभयो । नगरपालिकाले यस भन्दा अगाडी उपचारको लागि सहयोग गरेको थियो ।
प्रतिक्रिया