९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आईपीएल-सन्दिप दिल्लीमा अटाउँदा गम्भिर र म्याक्सवेल आउट



एजेन्सी ।
आईपीएलको आगामी सिजनमा नेपालका लग स्पिनर सन्दिप लामिछाने फेरि छनोट भएका छन् । आउँदो संस्करणको लागि पुन दिल्ली डेयरडेभिल्सले सन्दीप लामिछानेलाई अनुबन्ध गरेको हो ।यस संस्करणका लागि दिल्लीमा थुप्रै खेलाडी परिवर्तन हुँदा सन्दिप भने परिवर्तन भएनन् ।आइपीएल ११ को सुरूवाती खेलमा कप्तानी गरेका गौतम गम्भिरसहित ग्लेन म्याक्सवेलजस्ता खेलाडी दिल्लीबाट रिलिज हुँदा सन्दीपसहित ५ विदेशी खेलाडीलाई दिल्लीले टिममै राखेको हो।

उनलाई कति रकममा सम्झौता गरियो भन्ने भन्ने खुलिसकेको छैन । गएको संस्करणमा सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

अक्शनअगावै शिखर धवनलाई सनराइजर्स हैदराबादबाट टिममा भित्र्याएको दिल्लीले कप्तान गौतम गम्भीर र अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेललाई टिमबाट मुक्त गरेको छ ।

दिल्लीमा रिनेट भएका खेलाडीमा श्रेयस अय्यर, पृथ्वी श, रिशभ पन्त, मनजोत काल्रा, कोलिन मुन्रो, क्रिश मोरिस, जयन्त यादव, राहुल तेवतिया, हर्शल पटेल, अमित मिश्रा, कगिसो रबाडा, ट्रेन्ट बोल्ट, सन्दीप लामिछाने, अवेश खान रहेका छन् भने रिलिज गरिएका खेलाडीमा गौतम गम्भीर, जेसन रोय, गुरकीरत मान, ग्लेन म्याक्सवेल, मोहम्मद शामी, ड्यान क्रिस्टियन, सायन घोष, लियाम प्लंकेट, जुनियर डाला, नमन ओझा रहेका छन् ।ट्रेडेड खेलाडीको रुपमा विजय शंकर, अभिषेक शर्मा, शाहबाज नदीम, शिखर धवन रहेका छन् ।

पहिलो आर्इपीएलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेको कारण उनलार्य दिल्लीले पुनः रोजाइमा पारेको हो । गएको आर्इपीएलमा उनलार्इ पहिलो ११ खेलसम्म प्लेइङ ११ मा राखिएन । १२ औं खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरका विरुद्ध पहिलोपल्ट खेल्ने मौका पाए । पहिलो खेलमा पहिलो ओभर नै उनलाइ थमाइएको थियो । उनले आत्मविश्वासी हिसाबले बलिङ गरे ।

रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गरेका सन्दीपले ४ ओभरमा मात्र २५ रन खर्चेर १ विकेट लिएका थिए। त्यस्तै, चेन्नई सुपर किंग्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए ।

अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले ३ विकेट लिएका थिए। उनले ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए।

आइपीएल खेलेपछि विश्वभर चर्चा कमाएका सन्दीपले यो एक वर्षको अवधिमा सिपीएल, ग्लोबल टी-२० क्यानडा र एपीएल खेलिसकेका छन् भने अष्ट्रेलियन बिग बास लिग र बंगलादेश प्रिमियर लिगका लागि छनोट भइसकेका छन्।

प्रकाशित मिति : ३० कार्तिक २०७५ शुक्रबार ००:००  १ : ५७ बजे