बाँके ।
बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको मृत्यु भएको छ ।
कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति पौने ८ बजे कोहलपुरको विद्युत्रोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उहाँ घाइते हुनुभएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममो निधन भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
भे१च १६७२ नंको निजी मालवाहक भ्यानले शाही सवार भे२प ३०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अञ्जिल शाही पनि गम्भीर घाइते हुनुभएको प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिनुभयो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया