९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

टि–ट्वान्टी महिला विश्वकप – श्रीलंकाको जित, बंगलादेश बाहिरियो



एजेन्सी ।
टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको समूह ए मा रहेको श्रीलंकाले बंगलादेशलाई पराजित गर्दै पहिलो जित निकालेको छ ।
वेष्ट इन्डिजमा जारी विश्वकप क्रिकेटमा बुधबार राति भएको खेलमा श्रीलंकाले बंगलादेशलाई २५ रनले हराएको हो । यो श्रीलंकाको पहिलो जित हो । यसअघि श्रीलंकाले १ खेलमा पराजित र १ खेलमा भने वर्षाको कारण अंक बाँडेको थियो ।
९८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले निर्धा्रित २० ओभरमा सबै विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सक्यो । निगर सुल्तानले २० रन बनाउनुभएको थियो ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धा्रित २० ओभरमा ७ विकेटको क्षतिमा ९७ रन बनाएको थियो । श्रीलंकाका लागि शशिकला शिरिवार्दनेले ३१, दिलानी मनोदराले १६ रनको योगदान दिनुभएको थियो ।
श्रीलंकासँग पराजित हुदै बंगलादेश भने विश्वकपबाट बाहिरिएको छ । ३ खेलमा सबै खेल पराजित भएको बंगलादेश एक खेल खेल्नु अघि नै विश्वकपबाट बाहिरिएको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०७५ बिहिबार ००:००  ४ : २६ बजे