९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शिवराज जेसिजको आयोजनामा एक दिने ट्राफिक सचेतना कार्यक्रम



दिपक खड्का, चन्द्रौटा ।
पश्चिमी क्षेत्रमा सक्रिय शिवराज जेसिज आफ्नो सप्ताहव्यापी कार्यक्रममा जुटेको छ । यसैक्रममा आज शिवराज नगरपालिका वडा न ५ मा रहेको राष्ट्रिय मा.वि.मा कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
शिवराज जेसिजको सप्ताहव्यापी कार्यक्रम अनुसार विद्यार्थीलाई ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम सञ्चालन गरिएको शिवराज जेसिजका महासचिव विजय सापकोटाले जानकारी दिनुभयो ।
शिवराज जेसिजले १ वर्षमा साप्ताहिक रुपमा सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्रगत आज ट्राफिक सचेतना कार्यक्रम चन्द्रौटा ट्राफिक प्रहरीको सहकार्यमा सञ्चालन गरिएको शिवराज जेसिजका अध्यक्ष सरोज कुमार पौडेलले बताउनुभयो ।
कार्यक्रमलाई सहजिकरण गर्दै चन्द्रौटा ट्राफिक कार्यलयका प्रमुख रामशरण कुमालले विद्यार्थीलाई साइकल, मोटर साईकल सञ्चालन गर्दा ध्यानदिनुपर्ने कुरा बताउनुभएको थियो ।
यस्तै पैदल यात्रीले मोटरबाटोमा हिड्दा अपनाउनुपर्ने सावधानीको बारेमा पनि कुमालले सहजीकरण गर्नुभएको थियो ।
शिवराज जेसिजका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय माविका सहायक प्रधानाध्यापक झविन्द्र भण्डारी, शिवराज जेसिजका सदस्य कमला भुसाल, संजिव गहतराज, खेमराज आचार्यको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७५ बुधबार ००:००  ३ : ३३ बजे