९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

२५ हजार बराबरका अवैध कपडा बरामद



अजय मिश्र, कृष्णनगर ।
इलाका प्रहरी कार्यालय गणेशपुरले अवैध कपडा बरामद गरेको छ । सिमापारीबाट भन्सार छलि ल्याइएको कपडा विजयनगर गाउँपालिका वडा नं. ३ मैनारीबाट प्रहरीले बरामद गरेको हो । बरामद कपडाको मूल्य २५ हजार बराबरको रहेको प्रहरी निरिक्षक नविन पौडेलले जानकारी दिनुभयो ।
उक्त समान भन्सार चलान गरिएको उहाले बताउनुभयो । पछिल्ला केही महिना यता कृष्णनगर क्षेत्रबाट अवैध कपडा भित्त्रने क्रम बढ्दो छ । चाडपर्वलाई लक्षित गरी सिमानाकाहरुमा तस्कर सलबलाइ रहेको स्थानीय बताउछन ।

प्रकाशित मिति : २८ कार्तिक २०७५ बुधबार ००:००  ३ : ३० बजे