९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

काभ्रेमा आत्महत्या बढ्यो, ३ वर्षमा ३५१ ले ज्यान गुमाए



बनेपा । काभ्रे जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ। बढ्दो आधुनिकीकरण सँगै व्यक्तिमा हुने सामाजिक आर्थिक,मानसिकलगायत विभिन्न समस्याका कारण आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेमा भने पछिल्लो तीन वर्षमा ३५१ जनाले आत्महत्या गरेका छन्। भने आर्थिक वर्ष २०७३ र ०७४ मा ९८ जनाले आत्महत्या गरेका छन्। २०७४÷०७५ मा एक सय १६ जनाले झुण्डिएर, विष खाएर,डुवेर आत्महत्या गरेका एसपी रविराज खड्काले जानकारी दिए।

ुआत्महत्या गर्नेहरु अधिकास मानशिक तनाव, बेरोजगारि, अशिक्षा, गरिबी, प्रेममा असफलता, पारिवारीक झै(झगडाको प्रतिशोधका कारण आत्महत्या बढी हुने गरेको छ ।ु एसपी खड्काका अनुसार आत्महत्याको प्रमुख कारण कम उमेरमा विवाह गरेका कारण बेमेल हुनु, आर्थिक समस्या, पारिवारिक मनमुटाव र पछिल्लो समय वैदेशिक रोजगारी समेत आत्महत्याको प्रमुख कारण बनेको छ। आत्महत्या १८ देखि ३० वर्ष उमेर समूहका महिला पुरुष रहेका छन् जसमा बढी महिलाले आत्महत्या गरेको पाइएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७५ बुधबार ००:००  ९ : २४ बजे