दीपा महत, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको एक टोलीले मंगलबार वडा नम्बर ८ अन्तर्रगत पर्ने वाणगंगा नदीको मधुवन क्षेत्रमा अनुगमन गरेको छ । मधुवन क्षेत्र अन्तर्रगतका खोला नालामा गरेको अनुगमनका क्रममा अवैध तरिकाले डम्पीङ गरी राखिएको ढुंगा, गिट्टी बालुवा बरामद गरेको छ । बरामद गरिएको उक्त ढुंगा, गिट्टी बालुवालाई वडा नम्बर ८ को कार्यलय परिसरमा जम्मा गरि राखिएको वाणगंगा नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।
यस्तै सोमबार राती उक्त क्षेत्रबाट अवैध तरिकाले ढुंगा, गिट्टी बालुवा ओसार पोसार गर्ने ५ थान ट्याक्टर र एक थान मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । चाडपर्वको मौका छोपी नदीजन्य पदार्थको चोरीनिकासी बढेको बेला नगरपालिकाको एक टोलीले अनुगमन गरेको हो ।
अनुगमनमा वाणगंगा नगरपालिका मेयर मंगल प्रसाद थारु, उपमेयर चक्र अर्याल, वडा नम्बर ८ का वडा अध्यक्ष गुणनिधी भुसाल, प्रवक्ता विष्णु पौडेल, ईलाका प्रहरी कार्यलय पिपराका सई धर्मराज भण्डारी, शशस्त्र प्रहरी बल बेसक्याम्प पिपराका प्रमुख नविनकुमार अग्रहरी, नगर कार्यपालिका सदस्य पूर्णकला सुनार, नगरपालिकाका राजस्व अधिकृत शान्तराज आचार्य, योजना अधिकृत लेखबहादुर बस्नेत लगाएतको उपस्थित रहेको थियो ।
पछिल्लो समय वाणगंगाका विभिन्न खोलानालाबाट अवैध तरिकाले ढुंगा, गिट्टी बालुवाको तस्करी भैरहेको जनगुनासो बढि रहेका बेला नगरपालिकाले अनुगमन गरेको हो ।
२८ कार्तिक २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया