८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छव पर्व समापन



काठमाडौं ।

छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अघ्र्य दिइएको छ । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सो गुप्तवास सफल होस भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

कपिलवस्तु संगै मिथिला नगरी एवं तराईका अधिकांश स्थानमा बिहानैदेखि नदी, पोखरी एवं नहर किनारमा अघ्र्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पुजापछि प्रसाद थाप्नेको बाक्लो उपस्थिति थियो ।

मंगलबार दिनभर निराहार व्रत बसेका व्रतालुले बुधबार विहान उदाउँदो सूर्यलाई पूजा गरी अघ्र्य दिएपछि मात्रै छठको समापन हुन्छ । यस पर्वमा बाँसको ढाकी, माटोका सामग्रीहरु, केरा मौसमी फलफुल, भुसुवा, ठेकुवा, उखु, अदुवा लगायतका विविध मिठाई तथा फलफूल लगायतका प्रसाद चढाइन्छ ।

छठ पर्वका लागि जनकपुरका पोखरी, बीरगंजको घडीअर्वा पोखरी, विभिन्न नदी तलाउ तथा राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत बाग्मती, शंखमुल, बल्खु, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७५ बुधबार ००:००  ४ : ३४ बजे