९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लुम्बिनीमा आजदेखि त्रिपीटक बाचन शुरु



लुम्बिनी ।
बुद्धको जन्मथलो लुम्बिनीमा पहिलो फटक तीनदिने अन्तर्राष्ट्रिय त्रिपिटक पाठ आजदेखि सुरु हभएको छ । विश्व शान्ति र भाइचाराको भावना जगाउन यो पाठ गर्न लागिएको हो । यस्तै लुम्बिनीको पवित्रता र महिमा उजागर गर्न लुम्बिनीमा पवित्र बगैंचा रहेको मायादेवी मन्दिर छेउमा आज देखि ३० गते सम्म तीनदिन कार्यक्रम गरिनेछ ।
कार्यक्रम नेपाल भिक्षु महासंघ र रोयल थाइले संयुक्त रुपमा गर्ने छन । बिहार त्रिपिटक बौद्ध धर्मको ग्रन्थ हो । पहिलो दिन १० बजे देखि सुरु हुने सत्रमा थाई भिक्षुहरुले त्रिपिटक पाठ गर्नेछन । भोजन पछि नेपाली, म्यान्मार र श्रीलंकाका भिक्षुले एक÷एक घण्टा पाठ गर्छन । दोस्रो दिन ८ बजेदेखि पाठ सुरु हुन्छ ।
नेपालका महायनी संप्रदायले पाठ गर्छन । १ बजेपछि हिमाली लामा भिक्षुले पाठ गर्छन् । त्यसपछि चीन, जापानी र भियतनामी भिक्षुले पाठ गर्छन । तेस्रोदिनमा थाई भन्तेको नेतृत्वमा पाठ सुरू हुनेछ ।
कार्यक्रमका लागि करिब ३५ लाख लाग्ने रकम सबै स्थानीय सहयोगबाट उठाइएको छ । फूल सजावटका सामग्री रोयल थाई विहारले सहयोग गरेको छ । त्यस्तै टेण्ट र साउण्ड सिस्टम र कुर्सी लुम्बिनी विकास कोषले सहयोग गरेको छ । खाना र खाजाको व्यवस्था पनि लुम्बिनीका पर्यटन व्यवासायीले गरेका छन ।

प्रकाशित मिति : २८ कार्तिक २०७५ बुधबार ००:००  ४ : १६ बजे