९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

छठ पर्वको मुख्य दिन कृष्णनगरमा यसरी मनाइयो (फोटो फिचर)



अजय मिश्र, कपिलवस्तु ।
देशका विभिन्न स्थानमा छठको रौनकता छाएको छ । छठ पूजा अन्तर्रगत आज तेस्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिइएको छ ।
यसैविच कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ सेमरामा पनि छठ पर्व भव्यताका साथ मनाइदै छ । छठ पूजा अन्तर्रगत आज मुख्य दिन व्रतालुहरूले भक्तिभावका साथ परिवारका सम्पूर्ण सदस्यहरूको साथ पोखरी छेउमा नया कपडा लगाई सूर्यलाई विभिन्न मिठा परिकार, फलफूल चढाएर अस्ताउदो सूर्य लाई अर्घ दिएका छन् । साथै भोली बिहान उदाउँदो सूर्य लाई अर्घ दिएपछि छठ पर्व सकिनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७५ मंगलबार ००:००  ३ : ३४ बजे