९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ओलम्पिक महिला फुटबल छनोट स् नेपाल र बङ्गलादेश खेल्दै



काठमाडौं ।
ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।
नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ । अघिल्ला दुई खेलमा बराबरी खेलेको नेपाललाई दोस्रो चरणमा पुग्न जित्नैपर्ने दबाब छ ।
नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यान्मासँग एक एक गोलको बराबरी खेलेको थियो । समूह ‘सी’ मा रहेको नेपाल दुई खेलबाट दुई अङ्क जोडेर तेस्रो स्थानमा छ । यस समुहमा चार अङ्क जोडेको म्यान्मा शीर्ष र चार अङ्क जोडेको भारत दोस्रो स्थानमा छ ।
बङ्गलादेश अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ । बङ्गलादेशलाई पराजित गर्नसके नेपाल दोस्रो चरणमा पुग्नेछ । नेपालका लागि भारत र म्यान्माबीचको खेल पनि महत्वपूर्ण हुनेछ । भारत र म्यान्माबीच आजै दोस्रो खेल हुनेछ ।
उक्त खेलमा हार वा जित जे भएपनि बङ्गलादेशलाई हराएमा नेपालले दोस्रो चरणको यात्रा तय गर्नेछ । सन २०२० को टोकियो ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन ।
प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन । तेस्रो हुनेमा उत्कृष्ट दुईलेसमेत दोस्रो चरणको यात्रा तय गर्नेछन्। समूह ‘ए’ र ‘बी’ मा पाँच पाँच राष्ट्र रहेको छ । समूह ‘सी’ र ‘डी’ मा चार चार टोली छन ।
प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन । तेस्रो हुनेमा उत्कृष्ट दुईलेसमेत दोस्रो चरण पुग्नेछन । ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा ‘सी’ मा भारत, म्यान्मा र बङ्गलादेश छन ।
दुई साता लामो चीनमा प्रशिक्षण गरी नेपाली टोली म्यान्मा प्रस्थान गरेको हो । चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीन वटा मैत्रीपूर्ण फुटबल खेल खेलेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७५ मंगलबार ००:००  ७ : १३ बजे