बारा ।
निजगढ नगरपालिका–९ ठाडोलाइनका १८ वर्षीय विनोद खड्का मृत भेटिएका छन । उनी घरभन्दा २०० मिटर पूर्व रहेको प्रदीप खड्काको केराबारीमा मंगलबार आज बिहान मृत भेटिएका हुन ।
प्रहरी टोली घटनास्थलमा पुगेर शवको प्रारम्भिक अनुसन्धान गरिरहेको छ । शवबाट दुर्गन्ध आइसकेको छ । चाडबाडको बेला भएकाले खेतमा कोही नगएको कारण शव ढिलो फेला परेको हुन सक्ने प्रहरीले जनाएको छ । ्
शवमा कुनै प्रकारको बाहिरी चोटपटक नदेखिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिनुभयो । पढाइ छाडेका विनोद बेला–बेलामा घर छाडेर हिँड्ने गरेका कारण बेपत्ता भएको अवस्थामा खोजी कार्यमा परिवारले ध्यान नदिएको स्थानीयले बताएका छन । उनका बुवा वैदेशिक रोजगारीमा हुनुहुन्छ ।
२७ कार्तिक २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया