उदयपुर ।
१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना युवा पक्राउ परेका छन । उदयपुरको रौतामाई गाउँपालिका वडा नंं ३ की १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोमबार पाँच युवालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख –एसपी चन्द्रदेव राईले बताउनुभयो । ‘शंका लागेका पाँच युवा र तालिम प्राप्त कुकुरसहित शव लिएर टोली फर्केको छ’ । राईले भन्नुभयो, ‘शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ’ । एसपी राईका अनुसार पक्राउ परेका मानिसको नाम गोप्य राखेर अहिले अनुसन्धान भैरहेको छ ।
गएको शनिबार दिउँसो बाख्रा चराउनका लागि गएकी बालिका आइतबार दिउँसो गाउँको अमला जंगलमा मृत अवस्थामा फेला परेकी थिइन । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी उदयपुरले प्रहरी नायव उपरीक्षकसहितको तालिम प्राप्त कुकुरसहितको टोली अनुसन्धानको लागि पठाएको थियो ।
यो टोलीले बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएपछि शंकास्पद स्थानीय ५ जना युवालाई नियन्त्रणमा लिएको हो । स्थानियवासीले नै बालिकाको हत्यामा यी व्यक्तिहरुको हात हुनसक्ने अनुमान गरेकाले नियन्त्रणमा लिइएको एसपी राईले बताउनुभयो । पोष्टमार्टम पछि मात्र बलात्कार हो या होइन भनेर यकिन हुन्छ, उहाँले भन्न्नुभयो, ‘शवको प्रकृति हेर्दा डिएसपीको नेतृत्वमा गएको टोलीको प्रारम्भिक अध्ययनले बालात्कारपछि हत्या गरिएको देखिन्छ’ ।
२७ कार्तिक २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया