गाईघाट ।
वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्र्याक्टर आइतबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो भने ३४ घाइते भए । ट्र्याक्टर चढेर पिकनिक जाने क्रममा उदयपुरको बेलका–८ मा यो दुर्घटना भएपछि प्रहरीले ट्र्याक्टरमा मान्छे बोकेर पिकनिक लाने र मान्छे ओसारपसार गर्ने कार्यमा प्रतिबन्ध लगाएको छ ।
यसै क्रममा आज बिहान प्रहरीले जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान मानिस बोकेर हिँडेको एक दर्जन जति ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ । यसैगरी जिल्लाको त्रियुगा नगरपालिका– २ भुल्केबाट तीन वटा ट्र्याक्टर, देउरी र बगाहा मोतिगडा क्षेत्रबाट सात वटा, पूर्वी क्षेत्रको बेल्टार बसाहा क्षेत्रबाट छ वटा र कटारी क्षेत्रबाट पनि पिकनिकका लागि मान्छे चढाएर सञ्चालन गरेको ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताउनुभयो ।
अहिले गाईघाट लगायत जिल्लाको सबै क्षेत्रमा मान्छे बोकेर हिँड्ने ट्र्याक्टरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी गाईघाटका प्रमुख अमित कार्कीले बताउनजुभयो ।
२६ कार्तिक २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया