८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

गाजामा भिडन्त, हमासका कमाण्डरसहित ६ जनाको मृत्यु



एजेन्सी ।
गाजामा भएको इजरायली कारवाही अभियानको क्रममा हमासका स्थानीय कमाण्डरसहित ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली पक्षले गरेको आक्रमणमा ६ जना आफ्ना नागरिकको ज्यान गएको प्यालेस्टाइनी अधिकारीले बताएका छन ।
आफ्नो सेनाको विशेष दस्ताले गाजामा गरेको कारवाही अभियानको क्रममा आफ्ना एक सैनिकको ज्यान गएको र अर्का एक घाइते भएको इजरायली सेनाले जनाएको छ । गाजाको दक्षिणी क्षेत्रमा इजारायली सेना र प्यालेस्टाइनी पक्षबिच भिडन्त भएको हो ।
इजरायलको दक्षिणी क्षेत्रमा रकेट प्रहार भएका थिए । गाजाबाट प्रहार गरिएका धेरै रकेट इजरायली पक्षले नष्ट गरेको थियो । घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पहिलो विश्वयुद्ध अन्त्य भएको १०० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन फ्रान्स गएकोमा भ्रमण छोट्याएका छन ।
गाजामा पकड रहेको हमासले इजरायली सेनाले कायर तरिकाले आक्रमण गरेको बताएको छ । गाजाको स्वामित्वलाई लिएर इजरायल र प्यालेस्टाइनबिच विवाद रहँदै आएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७५ सोमबार ००:००  ३ : ०० बजे