८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मन्त्रिपरिषद बैठकको निर्णय अब तत्काल सार्वजनिक नगरिने



काठमाडौं ।
सरकारले मन्त्रिपरिषद बैठकको निर्णयहरु तत्काल जानकारी नगराउने भएको छ । आइतबार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अबदेखि मन्त्रिपरिषद बैठकको निर्णय तत्काल जानकारी नगराउने निर्णय गरेको हो ।
अबदेखि मन्त्रीपरिषद्को निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।
यसअघि विशेष अवस्था बाहेक महत्वपूर्ण निर्णयहरु मन्त्रिपरिषद बैठक लगत्तै प्रवक्ताबाट जानकारी गराईन्थ्यो ।

प्रकाशित मिति : २६ कार्तिक २०७५ सोमबार ००:००  २ : ४८ बजे