शिवकुमार बेल्बासे, शितगंगा ।
ज्योति मा.वि. शितगंगा ठाडा अर्घाखाँचीमा मोहन बेल्वासे छात्रवृति वितरण कार्यक्रम एक भब्य समारोहका विच सम्पन्न भएको छ । उक्त छात्रवृत्रि स्वर्गिय मोहन बेल्वासेको नाममा उहाँका पिता स्व. मिन वहादुर बेल्वासे र माता कमला देवी बेल्वासेद्वारा वि.स. २०७२ सालमा स्थापना गरिएको थियो ।
मोहन बेल्वासे अक्षयकोषमा रहेको रकम रू १५११११ वाट प्राप्त हुने ब्याजवाट ज्योति मा.वि.मा अध्ययनरत कक्षा ८, कक्षा ११ र १२ तर्फ सर्वाेतकृष्ट अंक प्राप्त गर्ने जम्मा ६ जना छात्र छात्राहरूलाई बर्षेनी उक्त छात्रवृबि प्रदान गरिदै आइएको छ ।
उक्त छात्रवृत्रि प्राप्त गर्न सफल जेहेन्दार विद्यार्थीहरूमा कक्षा ८ वाट छात्र (दर्पण पौडेल, छात्रा शिला श्रेष्ठ, कक्षा ११ तर्फ छात्र भुवन खनाल, छात्रा सम्झना उपाध्याय, कक्षा १२ तर्फ छात्र काशिनाथ अधिकारी, छात्रा सुनिता आचार्य रहेका छन् ।
उक्त कार्यक्रममा ज्योति बहुमुखी.क्याम्पसका अध्यक्ष कुमार केशव सिहं, मोहन बेल्वासेका अभिभावक सुरेन्द्र बेल्वासे, ज्योति मा.वि. का प्र.अ. शंकर अर्याल, समाजसेवी वुद्धिजिवी केदार बेल्वासे लगायतका बक्ताहरूले स्व. मोहन वेल्वासे र पिता मिन वहादुर बेल्वासेले शिक्षा क्षेत्रमा पुर्याउनु भएको अतुलनिय योगदानको चर्चा गरेका थिए ।
उक्त छात्रवृत्रि वितरण कार्यत्रम यस कोषका संरक्षक सदस्य शेर बहादुर सिह बेल्वासेको अध्यक्षता, वि.व्य.स. अध्यक्ष दामोदर अधिकारीको प्रमुख आतिथ्य र शिक्षक विष्णुप्रसाद भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया