८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तु नगरपालिका जथाभावी फोहर फाल्दै, छठ मनाउने स्थल भए डम्पिङ साइट !



कपिलवस्तु ।
मैथली, अवधि र पहाडी समुदायबीचको एकता र सद्भाव कायम गर्नका लागि मनाईने छठ पर्वका स्थानहरु फोहर मैला उत्पादन गर्ने र फ्याल्ने डम्पिङ साईटको रुपमा परिणत भएका छन् । कपिलबस्तु नगरपालिका १ स्थित जमुवार नदीको सरसफाई गर्नु पर्नेमा पूजामा प्रयोग गरिएका वस्तुहरु फाल्ने ठाँउ भएको छ ।
पूजा गर्न जाने बाटो नापी कार्यालयले प्रमाणित गरे पनि सो ठाँउमा धान रोपिएको छ । घाटमा जाने बाटो छैन । नदीको किनारमा पक्की बाटो, नुहाउने ठाउँलगायत छठ पर्व व्यवस्थित गर्नका लागि कपिलवस्तु नगरपालिकाले कुनै पहल नगरेको छठ पर्ब ब्यवस्थापन समितिको गुनासो छ । जमुवार नदी किनारमा १० लाख रुपैयाँको लगानीमा छठ पुजा स्थल निर्माण गरे पनि ब्यवस्थित देखिएको छैन ।
मधेशी तथा पहाडी समुदायका महिलाहरुले सूर्य देवताको पूजाआजा गरि छठ पर्व मनाउने गरेका छन् । यस बर्ष ३० हजार बढीको छठको मेला भर्नेको सहभागिता रहने अयोजकले बताएका छन । छठ पर्बको अवसरमा सूर्यको उपासना गरिने यो ब्रतको प्रभावले रोग व्याध नलाग्ने, सुख समृद्धि प्राप्त हुने, सन्तान सुख प्राप्त हुने र मनोवान्छित फल पाईने जनविश्वास रहदै आएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७५ आइतबार ००:००  १२ : ११ बजे