८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

न्यायको माग राख्दै निर्मलाका बुवाआमा धर्नामा



काठमाडौं ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवाआमा आइतबारदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन ।

छोरीका बलात्कारी र हत्यारालाई पत्ता लगाउन दबाब दिनका लागि जिल्ला प्रशासन कार्यालयमा आजदेखि धर्ना बस्न लागेको निर्मलाका बुवा यज्ञराज पन्तले बताउनुभयो ।

१३ वर्षीया निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो । उनको बलात्कार र हत्या कसले गर्‍यो भन्ने कुरा अझै रहस्यमय छ ।

यो अवधिमा प्रहरीले स्थानीय दीलिपसिंह बिष्टलाई दोषी बनाएर पक्राउ गरे पनि उनको डिएनए र निर्मलाको शवबाट लिइएको भेजाइनल स्वाबको डिएनए नमिलेपछि उनी रिहा भएका छन ।

गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समितिले घटनाको सुरूदेखि नै प्रहरीले प्रमाण नष्ट गरेको र अनुसन्धानमा लापरबाही गरेको रिपोर्ट दिएको छ। सोही रिपोर्टका आधारमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख रहेका एसपी दिल्लीराज बिष्टलाई सेवाबाट बर्खास्त गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७५ आइतबार ००:००  १० : २९ बजे