८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

स्वर्गीय कुल प्रसाद पोख्रेलको लक्ष्मणघाटमा दाहसंस्कार



मायादेवी अनलाईन, चारनम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुका नेता झविलाल पोख्रेलका बुवा कुल प्रसाद पोख्रेलको शनिबार विहान लक्ष्मणघाटमा धार्मिक संस्कार अनुसार दाहसंस्कार गरिएको छ । स्वर्गीय कुल प्रसाद पोख्रेल प्रति विशिष्ट व्यक्तिहरुले अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए । वाणगंगा नगरपालिका चारनम्बर निवासी कुल प्रसाद पोख्रेलको ९२ वर्षको उमेरमा भाइटिकाको साँझ आफनै निवासमा निधन भएको थियो ।
लक्ष्मणघाटमा अन्तिम श्रद्धान्जलीका लागि पोख्रेलको पार्थिव शरिरमा प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेश साँसद विष्णु पन्थी, नेकपाका केन्द्रिय सदस्य विमला घिमिरे, पूर्व साँसदहरु विश्राम प्रसाद थारु, बलराम अधिकारी, नगरका प्रमुख, पार्टी कार्यकता तथा स्थानीयले माल्याअर्पण गर्दै एक मिनेट मौनधारण समेत गरेका थिए । वि.स. १९८४ पौष २२ मा बर्मामा जन्मिनु भएका कुल प्रसाद पोख्रेलका ३ भाई छोरा नन्दराम पोख्रेल, झविलाल पोख्रेल र बुद्धिराम पोख्रेल, एक छोरी र ४ बुहारी रहेका छन् ।
कुल प्रसाद पोख्रेल २०२५ सालमा हालको वाणगंगा नगरपालिका वडा नम्बर ६ भगलापुरमा आई बसोबास गर्नुभएको थियो । उहाँले यहाँको सामाजिक तथा राजनीतिक परिवर्तन र नेपाल कम्युनिष्ट पार्टीको संगठन निर्माणमा महत्वपूर्ण सहयोग पुरयाएको बारेमा नेकपाका नेता युवराज पोख्रेल र शंकर पाण्डेले चर्चा गर्नुभएको थियो । स्वर्गीय कुल प्रसाद पोख्रेलले कम्यूनिष्ट विचारधाराका छोराहरु तथा परिवारजनलाई राजनैतिक रुपमा सधैं अघि बढ्ने प्रेरणा दिने गरेको पारिवारिक श्रोतले जानकारी दिएको छ । निरंकुश पञ्चायती व्यवस्थाको समयमा कैयौं राजनैतिक दलका नेता कार्यकर्तालाई आश्रय दिई महत्वपूर्ण योग्दान पु¥याउनु भएको थियो । घरपरिवार तथा समाजमा सदैव प्रेरणाको श्रोतको रुपमा रहनु भएका पोख्रेल राजनीतिक रुपले समाज रुपान्तरणमा खट्नुपर्ने सोच भएको बताइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७५ शनिबार ००:००  १ : ३२ बजे