८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तुमा राईस मिलबाट ६० हजार बढी चोरी



देवराज भट्राई ।
कपिलवसतु नगरपालिका– १ आनन्दबाग स्थित पराजुली राईस मीलबाट शुक्रवार राति ६० हजार बढी नगद चोरी भएको छ । चोरहरुले मिलमा रहेको कोठाको ताला फुटालेर सो नगद चोरी गरेर फरार भएको मीलका संचालक दामोदर पराजुलीले बताए । संचालक पराजुली आफनो घरमा साझ साढे सात बजेतिर खाना खान गएका बेला चोरी भएको थियो । साढे ८ बजे तिर मिलमा फर्कदा चोरी बोर थाहा पाएको पराजुलीले बताए । चोरहरुले पैसा राख्ने गल्ला मिल बाहिर लगेर त्यसका पनि ताला फोेरेर पैसा लगेका थिए । गल्ला र त्यस भित्र रहेका कागजातहरु भने त्यही गल्ला भित्र नै छाडेर गएका थिए । चोरहरु मिलको बारेमा जान्ने ब्यक्ति नै रहेको छिमेकीहरु बताउछन । घटनाको अनुसंधान र चोरहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७५ शनिबार ००:००  १२ : ०९ बजे