८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

गणेशमान सिंहको १०३ औं जन्मजयन्ती मनाइँदै



काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता गणेशमान सिंहको १ सय ३ औं जन्मजयन्ती शनिबार मनाइँदैछ ।

राणा शासनको अन्त्यका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका सिंह प्रजातन्त्रको पुनर्वहालीका लागि २०४६ सालमा भएको जनआन्दोलनको कमाण्डर हुनुहुन्थ्यो । उहाँ २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार गठन तथा २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको कू पछि पनि विपी कोइरालासँगै हुनुहुन्थ्यो ।

विपरित धारमा रहेका कम्युनिष्टहरुसँग कार्यगत एकता गर्दै २०४६ सालको आन्दोलनको नेतृत्व गर्नुभएका गणेशमान सिंहलाई सर्वमान्य नेता र लौह पुरुषका रुपमा पनि चिनिन्छ । १९७२ साल कात्तिक २४ गते काठमाडौको चाक्सिबारीमा जन्मिएका गणेशमान सिंहको निधन २०५४ असोज २ गते भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७५ शनिबार ००:००  ६ : १२ बजे