दिपक खड्का, चन्द्रौटा ।
शिवराज नगरपालिकामा पछिलो समयमा अटो र ई–रिक्साको चाप बढदै गएको छ । जसले गर्दा नगरमा ट्राफिक समस्या हुनुका साथै आम नागरिकलाई समस्या हुने गरेको गुनासो आउना थालेको छ । नगर क्षेत्रमा दुई सयको हाराहारीमा रिक्सा हरु संचालनमा भईरहेको शिवगढी यातायात प्रालि आटो रिक्सा संघका कोषा अध्यक्ष हरि विश्वकार्माले जानकारी दिनु भयो । बिना नम्बर प्लेट र रातो रंगको नम्बर प्लेटको आटो रिक्साले समेत सवारी ओसारने गरेको र रिक्सा दुर्घटना गरि घाइतेलाई छाडेर भागने गरेको घटनाहरु बाररम्बार आइरहेको छ । केहि दिन आगाडी शिवराज नगर क्षेत्र अन्र्तगत आजाद पेट्रोल पम्म नजिकै सवारी बोक्ेको लु १ स १४३७ आटोले दुर्घटना गराई चालक फरार भएको र एक जना गम्भिर घाइतेको थप उपचार बुढवलमा गराई घर फरकेको चन्द्रौटा ट्राफिक प्रहरी कार्ययायका प्रमुख इन्सिपेकटर रामशरण कुमाले जानकारी दिनु भयो । शिवराज नगरपालिकाले रिक्सालाई समयमा नियमन नगर्दा लाखौको राज्श्व समेत खाटा भई रहेको र यसलाई कडाही का साथ लागु गर्न पटक पटक आटो रिक्सा समितिले अनुरोध गर्दा समेत बेवास्था भएको गुनासो गरेका छन ।
२४ कार्तिक २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया