८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

महिला टी –२० विश्वकप क्रिकेटमा न्यूजिल्याण्ड पराजित



एजेन्सी ।
महिला टी –२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ । समूह बी मा रहेको भारतले न्यूजिल्याण्डमाथि ३४ रनको जित निकालेको हो । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धा्रित ओभरमा ५ विकेट गुमाएर १९४ रनको योगफल तयार परेको थियो ।
४० रन जोड्दा ३ विकेट गुमाएर दवावमा आएको भारतलाई कप्तान हरमनप्रित कौर र जेमिमा रोड्रिगेजले १३४ रनको साझेदारी गर्दै बलियो स्थितिमा पुर्याएका थिए । हरमनप्रितले ५१ बलमा शतकसहित १०३ रन जोडेकी थिइन् ।
यसैगरी रोड्रिगेजले ५९ रन जोडिन् । न्यूजिल्याण्डका ली तहुले २ विकेट लिएकी थिइन् । १९६ रनको लक्ष्य प्छ्याएको न्यूजिल्याण्डले निर्धा्रित ओभरमा ९ विकेट गुमाउँदै १६० रनमात्र जोड्न सक्यो ।
राम्रो सुरुआत गरे पनि मध्यक्रमका खेलाडी चल्न नसकेपछि न्यूजिल्याण्डले लक्ष्य पूरा गर्न असफल भएको हो । सूजी बेटेज र आना पिटरसनले ओपनिङ साझेदारी ५२ रनको गर्दै बलियो सुरुआत गरेका थिए ।
सूजी बेटेजले ६७ रन बनाउँदा आनाले १४ रन जोडिन । त्यसपछि लगातार विकेट गुमाएको न्यूजिल्याण्डका लागि कार्टिय मार्टिनले २५ बलमा ३९ रन जोड्दै खेलमा फर्काउने प्रयास गरेकी थिइन् । भारतका लागि दियालन हेमलता र पुनम यादबले तीन तीन विकेट लिएका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७५ शनिबार ००:००  १ : ५६ बजे