८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

आर्थिक र सामाजिक समृद्धिको जगमा टेकेर मात्र देश विकास : कमाल



दीपा महत, कपिलवस्तु ।
आर्थिक समृद्धिले मात्र देश विकास हुन नसक्ने प्रतिनिधी सभा सदस्य अतहर कमालले बताउनुभएको छ । देशमा जतिसुकै भौतिक विकास भएपनि मानिसको सोचमा विकास हुन सकेन भने त्यसलाई विकास तथा समृद्धी भन्न नमिल्ने सांसद कमालको तर्क छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका कमालले संविद्यान निर्माण पछि नेपाली जनताले देशमा शान्ती र समृद्धी चाहेको भएपनि दलहरु बीच आपसी सहकार्य हुन नसक्दा देशमा शान्ती र समृद्धी कायम हुन नसकेको स्विकार जिकिर गर्नुभयो ।
रेडियो मायादेवी संग कुरा गर्दैै सांसद कमालले यस्तो बताउनुभएको हो । सत्तापक्ष र प्रतिपक्षले जनतालाई विश्वासमा लिएर अघि बढ्नुपर्ने उहाको धारणा छ । युवा नेता कमालले देश संघियतामा गईसकेको र जनताले तीन तीन वटा सरकार प्राप्त गरेको अवस्थामा पनि समृद्धी हासिल गर्न नसकिएको भन्दै यसमा दुई तिहाई बहुमत प्राप्त सरकार कहि कतै चुकेको टिप्पणी गर्नुभयो ।
सांसद कमालले स्थानीय सरकारको आगमन संगै सांसदहरु विकास निर्माण भन्दापनि नितीगत ब्यवस्था निर्माणमा केन्द्रित भएको बताउनुभयो । प्रदेश सरकार र स्थानीय सहकारको अधिकार के हो भन्ने विषयमा अलमल हुन नहुने भन्दै प्रदेश सरकारलाई केन्द्र सरकारले अधिकार दिन कन्जुसाई गरिरहेको उहाले बताउनुभयो ।
प्रदेश सरकारलाई शशक्त बनाउने किसिमका कानुनहरु केन्द्र सरकारले तत्कालै बनाउनुपर्ने भन्दै यहि अवस्था रहे प्रदेश र केन्द्र सरकार विचमा द्धन्द्ध सिर्जना हुने अवस्था औल्याउनुभयो । सरकारले सबै प्रक्रियालाई अलमल पारिरहेको भन्दै सरकार समयमै सचेत रहेर काम गर्नुपर्ने सुझाव दिनुभयो ।
विभिन्न राजनितिक दल भित्र हुने आन्तरिक द्धन्द्धले नकरात्मक रुप लिएमा त्यसले समग्र देश विकासमा नै प्रभाव पार्ने भएकाले यस तर्फ राजनितीक दलहरु सचेत हुनुपर्ने उहाले बताउनुभयो ।
प्रतिनिधीसभा सदस्य कमालले जिल्लाका लामा दुरीका सडक निर्माणको प्रक्रिया सुरु भएकाले विकास निर्माणका कामले अब गतिलिने बताउनुभयो । कपिलवस्तु कृषि प्रधान जिल्ला भएकाले सिंचाई लगाएतका क्षेत्रमा पनि आफुले पहल गरिरहेको बताउनुभयो ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको क्रम जारी रहेकाले त्यस संग कपिलवस्तुलाई जोड्न सके जिल्लामा समृद्ध हासिल गर्न सकिने उहाले बताउनुभयो ।

प्रकाशित मिति : २४ कार्तिक २०७५ शनिबार ००:००  १२ : ४३ बजे