मायादेवी अनलाइन, कपिलवस्तु ।
नेकपाका जिल्ला संयोजक झविलाल पोख्रेललाई पितृ शोक परेको छ । संयोजक पोख्रेलका बुवा कुलप्रसाद पोख्रेल विगत केही दिनदेखि विरामी हुनुभएको थियो । ९१ बर्षिय पोख्रेलका बुवा कुलप्रसादको चारनम्बर स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
यसैबीच पोख्रेलका बुवाको आज विहानै हिन्दुपरम्परा अनुसार दाहसंस्कार गरिने भएको छ । लक्ष्मणघाटमा उहाको अन्तिम दाहसंस्कार हुने बताइएको छ ।
२४ कार्तिक २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया