८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कैदीवन्दीले लगाए भाईटिका



शिवलाल सुवेदी, गुल्मी ।
,गुल्मीका कैदीबन्दीले भाइटिका लगाएका छन् । जिल्ला कारगार गुल्मीमा रहेका कैदीबन्दीहरूले आफ्ना दिदीबहिनीको हातबाट भाइटिका लगाएका हुन् । ५३ जना पुरुष, ४ जना महिला र २ जना नाबालिका गरी ५९ जना कैदी रहेका जिल्ला कारगार गुल्मीमा ८ जनाले कारगार भित्रै भाईटिका लगाएको गुल्मी प्रहरी प्रमुख दिपक कुमार वस्नेतले जानकारि दिएका छन । उनीहरुले भाइटिका सुभसाइतमै लगाएको कारगार गुल्मीले जनाएको छ । भाइटिका लगाएपछि कैदी बन्दीहरू कारगार भित्रै देउसी भैलो खेलेर रमाइलो गरी भाइटिका मनाएका छन् । विभिन्न अपराधमा कारगार चलान भएका उनीहरूले कारगार भित्रै रमाइलो गरी भाइटिका मनाउन पाउँदा केही खुसीयाली छाएको प्रतिक्रिया ब्यक्त गरेका छन । करत्व्य ज्यान मुद्दामा कारगारमा रहेको भएपनि भाईटिका लगाउन पाउँदा खुसि लागेको वासु जिसिले बताए । यस्तै जवरजस्ती करणी मुद्दामा कारगारमै रहेका भरत नेपालीले पनि कारागारमा सुभसाईतमै टीका लगाउन पाउँदा खुसी लागेको बताए । हामीले सिडियो सावलाई आग्रह गरेपछि हुन्छ भन्नुभयो नेपालीले भने ूगल्ती गरेर कारागारमा भएपनि टीका लगाउन पाउँदा धेरै खुसियाली लागेको छ ।ूकारगार गुल्मीका मुढा बुनाई, ढाकाका कपडा बुन्ने, आरन, कृषि लगायतका विभिन्न उद्योगहरू समेत सञ्चालनमा आएका छन् । सञ्चालित उद्योगबाट कैदी बन्दीहरूले राम्रो आम्दानी गर्दै आएको कारगार गुल्मीका प्रमुख उद्वव पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७५ शुक्रबार ००:००  ९ : ४० बजे