८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

निशुल्क इन्टरनेट चलाउने ? आउनुहोस वाणगंगा !



दीपा महत, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले नगरपालिका भित्रका दुई स्थानमा फ्रि वाईफाई जोन स्थापना गरेको छ । ऐतिहासिक एव्म पर्यटकियस्थल राजापानी र धार्मिक स्थल सुपा देउरालीमा फ्रि वाईफाई जोन स्थापना गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका महत्वपूर्ण धार्मिक एवम ऐतिहासिक स्थल मानिएका यी दुई स्थलमा पर्यटन प्रर्वद्धनमा टेवा पुराउनुका साथै अहिलेको २१ औ शताब्दीमा ईन्टरनेटको महत्वलाई बुझ्दै फ्रि वाईफाई जोन स्थापना गरिएको हो ।
१ वर्षका लागि स्थापना गरिएको फ्रिवाईफाई जोन ३० एमविपिएसको रहेको छ । राजापानीमा स्थापना गरिएको फ्रि वाईफाई जोनको वडा नम्बर ३ का वडा अध्यक्ष सन्तराम रौतार, राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
यस्तै सुपादेउराली मन्दीरमा स्थापना गरिएको फ्रि वाईफाई जोनको वडा नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद पौडेल र सुपादेउराली मन्दीर ब्यवस्थापन समितीका अध्यक्ष तेजबहादुर जिसीले संयुक्त उद्घाटन गर्नुभयो ।
नगरपालिकाको अािर्थक वर्ष २०७५÷७६ को कार्यक्रम अनुसार नगरपालिकाका २ स्थानमा १ वर्षका लागी फ्रि वाईफाई जोन स्थापना गरिएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७५ बुधबार ००:००  ४ : ४१ बजे