८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगामा पनि ‘हर प्रहर गाउँ र नगरी टोलटोलमा नेपाल प्रहरी’ को अभियान



दीपा महत, कपिलवस्तु ।
‘हर प्रहर गाउँ र नगरी टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ संचालित समुदाय प्रहरी साझेदारी कार्यक्रम वाणगंगा नगरपालिका वडा नम्बर २ मा सम्पन्न भएको छ । कार्यक्रम ईलाका प्रहरी कार्यलय पिपराको आयोजना ईलाका प्रशासन कार्यलय वाणगंगा र वाणगंगा नगरपालिकाको संयोजनमा भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेयर मंगल प्रसाद थारुले प्रहरी ल्याएको यस किसिमको अवधारणालाई सफल पार्न नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैबीच वाणगंगामा नगर स्तरिय समुदाय प्रहरी साझेदारी समिती गठन गरिएको छ । समितीले समुदायमा शान्ती सुरक्षा कायम गर्न जनस्तरबाट प्रहरीलाई पूर्ण सहयोग गर्ने छ ।
२२ सदस्यीय उक्त समितीको संयोजकमा वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, सहसंयोजकमा उपमेयर चक्र अर्याल र प्रहरीका तर्फबाट गोविन्द रावत रहनुभएको छ ।
यस्तै सदस्यहरुमा वडा अध्यक्षको तर्फबाट वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, ईलाका प्रशासन कार्यलय जितपुरका विक्रम शर्मा हुनुहुन्छ भने समितीको सदस्य सचिवमा ईलाका प्रहरी कार्यलय पिपराका प्रमुख चन्द्र बहादुर केसी रहनुभएको छ ।
कार्यक्रम मेयर मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता, उपमेयर चक्र अर्यालको अध्यक्षता, ईलाका प्रशासन कार्यलय जितपुरका प्रमुख विक्रम शर्माको स्वागत मन्तब्य, प्रहरी सहायक निरिक्षक असई प्रेम बहादुर कडायतको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्त, २ का अध्यक्ष विष्णु पौडेलले लगाएतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७५ बुधबार ००:००  ४ : ३० बजे