मायादेवी अनलाइन, विजयनगर ।
नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुका संयोजक झविलाल पोख्रेलले देशमा तीव्र आर्थिक समृद्धि र विकासको चाहना जनताले गरेको बताउनुभएको छ । देश लामो समय देखि राजनीति अस्थिरताबाट गुज्रिएको बताउदै संयोजक पोख्रेलले अब देशमा विकास र समृद्धि चाइएको बताउनुभयो । त्यसको लागि नेकपालाई जनताले बहुमत दिएको भन्दै अब काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा विजयनगर गाउँपालिकाले मंगलबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै संयोजक पोख्रेलले विकास निर्माणको काम गर्ने दायित्व जनप्रतिनिधिको भएको भन्दै यसमा सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । जनप्रतिनिधिलाई जनताले विकास गर्न पठाएको भन्दै जनताको चाहना अनुसार काम गरेर देखाउन उहाले आग्रह गर्नुभयो ।
नेकपा विजयनगर गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष तिलक कडेल पुन नेकपामा फर्किनु भएको छ । कँडेल यसभन्दा अगाडी नेकपामै रहेपनि चुनाव ताका पाटीका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेद्वार दिनुभएको थियो ।
स्वतन्त्र उम्मेदवार बनेपछि कारबाहीमा पर्नुभएका कडेललाई कारबाही फुकुवा गरी नेकपामै स्वागत गरिएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनुभयो ।
२१ कार्तिक २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया