८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

डिप ट्युबवेल कपिलबस्तुमा जडान कार्य शुरु


२० कार्तिक २०७५ मंगलबार ००:००  

0
Shares

गिता अर्याल, मायादेवी अनलाइन ।
सिंचाइ सुविधा नपुगेका किसानलाई लक्षित गरेर कपिलवस्तुमा पहिलो पटक डिप ट्युववेल (बोरिङ्ग) जडान कार्यक्रम शुरु गरिएको छ । आर्थिक बर्ष २०७५।०७६ को कृषि मन्त्रालयद्धारा संचालित कृषि यान्त्रीकरण प्रवद्धन परियोजना अन्र्तगत कपिलबस्तुको शुद्धोधन गाउपालिका, ४ बिठुवामा मंगलबार डिप ट्युववेलको उद्घाटन गरिएको हो ।
कुल ७५ लाख लागत रहेको ट्युबवेलको संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल (बलदेव)ले सिंचाई सुविधाको सहज पहुँचका लागि डिप ट्युववेल जडानको कार्यक्रम शुरुवात गर्नुभएको हो ।
मन्त्री खनालले परम्परागत कृषि प्रणालीले किसानको जीवनस्तरमा सोचेअनुरुपको परिवर्तन नआउने बताउनु भएको छ ।

नेपाल सरकारको कृषि मन्त्रालय मातहतको कृषि यान्त्रीकरण प्रवर्धन परियोजना अन्तरगत कपिलवस्तुमा डिप ट्युववेल जडान कार्यक्रमको शिलन्यास गर्दै मन्त्री खनालले कृषि क्षेत्रमा नयाँ नया प्रविधीको उच्चतम प्रयोग गरेर व्यवसायिक र उत्पादनमुखी कृषिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले परम्परागत ढंगले कृषि उत्पादन गरेर आम्दानी नहुने बताउदै कृषिक्षेत्रमा भित्रीएका आधुनिक प्रविधीको प्रयोग गरेर उत्पादन बढ्ने बताउनुभयो । मन्त्री खनालले किसानका समस्यालाई आफुले राम्रो सग बुझेकोले सरकारले किसानलाई प्रत्यक्ष फाइदा पुग्ने निति र कार्यक्रम ल्याइरहेको जानकारी दिनुभयो ।

कृषि यान्त्रीकरण प्रवर्धन परियोजनाले ११ वटा डिप ट्युववेल जडान गर्ने कार्यक्रम शुरुवात गरेको छ । परियोजनाले कपिलवस्तु जिल्लामा सिंचाई सुविधा नपुगेका ठाँउहरुमा ११ वटा डिप ट्युववेल जडानको कार्यक्रम शुरुवात गरेको परियोजनाका इन्जिनियर रत्न कुमार पुर्वेले जानकारी दिनुभयो । कपिलवस्तुमा जडान गरिने डिप ट्युववेल २ सय मिटर गहिराई खनेर सिंचाई सुविधा पु¥याउने लक्ष्य छ । प्रति डिप ट्युववेल ७५ लाखको लागत अनुमान रहेको योजना अन्तरगत डिप बोरिङ्ग, पम्प हाउस, विद्युतीकरण, पम्प जडान र भूमिगत कुलो निर्माण गरिने छ ।

जिल्लामा ११ वटा डिप ट्युववेल जडान र संचालनपछि करिब एक हजार हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा पुग्नेछ । आकाशे पानीको भरमा कृषि खेती गरिरहेका यहाँका किसानले सिचाई सुविधा पुगेपछि कृषि उत्पादन बढ्ने विश्वास लिएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७५ मंगलबार ००:००  ३ : २२ बजे