८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

तीन महीनामा ६३ हजारले पाए प्रहरी रिपोर्ट



काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५र०७६ को पहिलो तीन महीनामा ६२ हजार ६ सय ८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ। विदेश जाँदा आवश्यक पर्नेहरुका लागि प्रहरी रिपोर्ट उपलब्ध गराइएको हो।

गत आर्थिक वर्षमा दुई लाख ७७ हजार ४ सय ९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए। प्रहरी प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने प्रहरी रिपोर्ट छिटोछरितो उपलब्ध गराउन इमेलबाटै आवेदन लिने र इमेलबाटै प्रहरी रिपोर्ट पठाउने व्यवस्था मिलाइएको बताए।
सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक भएसँगै उपत्यकाका चार स्थानमा सेवा थप गरिएको थियो। हाल काठमाडौंको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, कालिमाटी, गौशाला, महानगरीय प्रहरी परिसर भक्तपुर र परिसर ललितपुर तथा सातै प्रदेशबाट प्रहरी रिपोर्ट लिने व्यवस्था गरिएको छ।
प्रवक्ता सुवेदीले काठमाडौं उपत्यकाभित्र भरेको फाराम तीन दिनभित्र, प्रदेश कार्यालयबाट एक हप्तामा र विदेशी नागरिकका लागि एक हप्तामा रिपोर्ट लिन मिल्ने व्यवस्था गरिएको जानकारी दिए।

प्रकाशित मिति : २० कार्तिक २०७५ मंगलबार ००:००  ६ : ५० बजे