मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवी रंगशालामा जारी प्रदेश स्तरिय क्रिकेटको उपाधि भीडन्त आज हुँदै छ । उपाधिको लागि आज खाँन ईलावेन र आयोजक सनराइज ए दिउसो ४ बजे भीड्ने छन् ।
फाइनल खेलमा आज कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल वलदेव रहनु हुने भएको छ । सेमिफाइनलमा शान्ति युथ क्लवलाई पराजित गरी खाँन ईलावेन फाइनलमा पुगेको हो । भने परिवर्तनशिल युवा क्लव मधुवनलाई ७६ रनले हराउँदै आयोजक सनराइज ए फाईनल प्रवेश गरेको हो । त्यसैले यी दुई बीचको भीडन्त रोचक हुुने छ ।
त्यसभन्दा अगाडी केही समयपछि तृतीय स्थानको लागि परिवर्तनशिल युवा क्लव शान्ति युथ क्लव बिच प्रतिस्पर्धा हुँने आयोजकले जनाएको छ । प्रतियोगिताको विजतोले नगद १ लाख शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।
प्रतिक्रिया