८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

धान उत्पादनमा राम्रो काम गरेका १५ अगुवा कृषक सम्मानित



देबराज भट्टराई, कपिलवस्तु ।
कपिलवस्तुको तौलिहवामा गरिएको कृषकहरुको बृहद भेलामा उन्नत जातको धान उत्पादन गरी राम्रो कमाई गरेका १५ अगुवा कृषकहरुलाई सम्मानित गरिएको छ । उन्नजात जातको हाईब्रीड धानको बीउ उत्पादनमा ख्याति कमाएको बायर कम्पनी अन्तर्रगत प्राजेक्टर सहभागीता कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो । भारतमा रहेको सो कम्पनीले उत्पादन गरेको एराईज ६४४४ जातको हाईब्रीड लगाएर धान बढी धान उत्पादन गरेका ती किशानलाई कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले उपहार, खादा र सम्मान पत्र दिई सम्मानित गरेका थिए । बायर र कृषक बीज भण्डार बिरगंजका संयुक्त आयोजनामा गरिएको कार्यक्रममा उनले कृषिमा देशलाई आत्मनिर्भर हुन किशानहरुको सोचमा परिवर्तन हुनु जरुरी रहेको बताए ।

कृषि उपजमा झन देश कमजोर बन्दै गएकाले अब कृषिमा क्रान्ति ल्याउन कृषहरु अग्रसर हुनु पर्ने बताए । सरकारले धानको उपादन बढाउन जिललामा धानको सुपर जोन समेत स्थानिा गरेको बताए । किशानहरु कम सयममा बढी उत्पादन हुने जातको बीउ लगाई फाईदा लिनु पर्ने बताए । उनले बायर कम्पनीले उत्पादन गरको एराईज जात पनि नेपालका तराईका जिल्लाहरुका लागि सुहाउँदो रहेको बताए । ‘धान र कृषि उपजकोे उत्पादन बढाएर आयातलाई पतिस्थापन गर्न जरुरी छ, त्यसका लागि सरकारले कृषकहरुलाई अनुदान बढाउदै लानेछ ’ उलने भने ।

बायर कम्पनीका जोनल मेनेज डाक्टर प्रमानन्द सिंहले नेपालमा धान र चामल समते बाहिरी देशबाट आयात गर्ने कुार दुःखद रहेको बताए । तराईका जिल्लाहरुमा धान उत्पादन बढाई नेपाल धान र चामल उत्पादनमा आत्मनिर्भर बन्न सक्ने बताए । त्यसका लागि उन्नजत जातको धान बीउ, सिंचाई, मल लगातउका बिशेष ध्यान दिनु पर्ने उनले बताए । बायर कम्पनीका बीउ दक्ष्णि ऐशिया, चीन लगायतमा समेत लोकप्रीय रहेकोे दाबी गरे । उनले एराईज जातका धानको बीउ लागाईए कृषकहरुले घाटा ब्यहोर्ने संभावना न्युन रहेको दाबी गरे ।

एराईज कम्पनीका सुरेन्द्र प्रजापतलिे नेपालमा कम्पनीले बिगत १० बर्ष देखि धानको बीउको क्षेत्रमा काम गर्दै आएका र कृषकहरु छनौटमा पर्न सकेको बताए । उनले यो जातको धान लागएमा कृषकहरुले उत्पादन बढाई फाईदा लिन सक्ने बताए । कृषक बीज भण्डारका प्रोपराईटर छाटेलाल लोहारले बायर कम्पनीले कृषक र सरकारसंग हातेमोलो गरी कृषकहरुलाई बिभिन्न ज्ञान समेत दिने बताए । एराईज जातको धान अन्य भन्दा २५ देखि ३० प्रतिशत बढ उत्पादन दिने र गुणस्तरीय समत रहेको उनको भनाई छ ।

कार्यक्रमममा जिल्लाका २५ गाउका एक हजार बढी कृषकहरुको सहभागीता थियो । कार्यक्रममा धानको बीउको प्रर्दशनी समेत गरिउको थियो । यस्तै १ सय २५ किशानलाई ३ किलोका दरले निःशूल्क बीउ समेत बाडिएको थियो । प्राजेक्टर सहभागीतनाले किशानहरुलाई नर्सरी देखि हास्बेस्ट सम्मका तरिकाहरु तथा आकलन गर्ने तरिका समेत सिकाउने बताईएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७५ सोमबार ००:००  १ : ५७ बजे