८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

रणवीरले दीपिकाका लागि किने ३२ लाखको मंगलसुत्र



एजेन्सी ।
अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको विवाह यही नोभेम्बर १४ र १५ मा हुँदैछ । विवाहको मिति नजिकिँदै गएपछि उनीहरुको घरमा पनि विवाहको कार्यक्रम सुरु भैसकेको छ । ४ नोभेम्बर अर्थात आइतबार रणवीरको घरमा हल्दी सेरेमनी आयोजना गरिएको थियो जसका केही तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाईरल भएका छन् । हल्दी लगाईसकेका रणवीरले खुशी मुद्रामा सेल्फी लिएका केही तस्बिर सार्वजनिक भएका छन् ।
५ वर्षसम्म अफेयरका रहेको यो जोडीले इटालीको लेक कोमोमा १४ र १५ डिसेम्बरमा विवाह गर्दैछ । विवाहको लागि रणवीर र दीपिकाले मिलेर गहना पनि किनिसकेका छन् । रणवीरले दीपिकाको लागि २० लाख भारतीय रुपैयाँको मंगलसुत्र किनिदिएका छन् ।
दीपिकाले पनि रणवीर अर्थात हुनेवाला श्रीमानको लागि सुनको सिक्री किनिदिएकी छिन् । यसको मूल्य भने सार्वजनिक भएको छैन । दीपिकाले आफ्नो लागि दुईवटा हार पनि किनेकी छिन् । त्यस्तै अन्य केही गहना गरेर उनीहरुले एक करोडको गहना किनेको भारतीय मिडियाहरुले जनाएका छन् ।
चाखलाग्दो कुरा के भने रणवीर र दीपिकाले जहाँ सपिङ गरेका थिए त्यो पसलको शटर उनीहरु पुग्नुभन्दा एक घण्टा अगाडि नै बन्द गरिएको थियो । बन्द सटरमा मजाले रोजी रोजी दीपिका र रणवीरले गहना किनेका हुन् ।
दीपिका र रणवीरको विवाह कलर कार्डिनेटेड हुनेछ । यसमा परिवारका सदस्यसँगै वेटर्सले समेत ड्रेस कोड फलो गर्नेछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७५ सोमबार ००:००  ७ : ०७ बजे