८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रादेशिक तेक्वान्दोको उपाधि गुल्मीकी पूजा र नवलपरासीका रोशनलाई



दाङ ।
दाङको घोराहीमा भएको प्रथम प्रादेशिक ’प्रोफेसनल आईटीएफ’ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता–२०७५ को उपाधि पुरुषतर्फ नवलपरासी जिल्लाका रोशन आले र महिलातर्फ गुल्मी जिल्लाकी पूजा रसाइलीले जितेका छन ्।
भरतपुर आइटिएफ तेक्वान्दो डोजाङ घोराहीको आयोजनामा शनिवार र आइतवार दुई दिनसम्म घोराहीमा भएको प्रतियोगितामा पुरुषतर्फ रोशन आले र महिलातर्फ पूजा रसाइलीले उपाधि हात पारेका हुन ्।
प्रतियोगितामा सुमन मर्स्याङ्दी मगरलाई हराउँदै रोशनले प्रथम प्रादेशिक प्रोफेसनल आइटीएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधि जितेका हुन्। उपाधि जितसँगै रोशनले नगद ३० हजारसहित ट्रफी, प्रमाण प्राप्त गरेका छन्।
त्यस्तै प्रतियोगितामा राधिका चौधरीलाई हराउँदै पूजा प्रतियोगिताको उपाधि चुम्न सफल भइन्। उपाधिसँगै पूजाले नगद २० हजारसहित ट्रफी, प्रमाणपत्र हात पारेकी हुन्।
त्यस्तै प्रतियोगितामा पुरुषतर्फ नवलपरासी जिल्लाकै सुमन मस्याङदीमगर दोस्रो र गुल्मी जिल्लाका विकल पौडेलले तेस्रो स्थान हात परेका थिए । प्रतियोगितामा दोस्रो र तेस्रो हुने खेलाडीहरूले नगद २० हजार र १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा महिलातर्फ बाँके जिल्लाकी राधिका चौधरी दोस्रो र दाङ जिल्लाकी सञ्चिता पुन तेस्रो भए। दोस्रो र तेस्रो भएका महिलाहरूले नगद १३ हजार र सात हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरेको नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघका प्रदेश उपाध्यक्ष बिक्रम बाढा मगरले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७५ सोमबार ००:००  ६ : ५८ बजे