८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना



मुस्ताङ ।
उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोराला नाकादेखि २६ किलोमिटर नेपालतर्फ आइबारदेखि नेपाली सेनाको क्याम्प स्थापना भएको हो ।
जोमसोममा रहेको बज्रदल गण अन्तर्गत रहने गरी स्थापना भएको क्याम्पमा अहिले सेनानीको नेतृत्वमा ५० जना सैनिक खटिएका छन् । क्याम्पमार्फत सुरक्षा गतिविधिका साथै उच्च भूगोलको सैनिक तालीम सञ्चालन र विपद् व्यवस्थापनसम्बन्धी गतिविधि हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
सेनाको क्याम्प स्थापना भएपछि लोमान्थाङमा रहेको युरेनियम खानीको सुरक्षा र कोरला नाका सञ्चालनका लागि सुरक्षाको प्रत्याभूति हुने मुस्ताङका संघीय संसदका सांसद प्रेमप्रसाद तुलाचनले बताउनुभयो । क्याम्प समुद्री सतहदेखि चार हजार मिटरको उचाइमा छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७५ सोमबार ००:००  ६ : ३१ बजे