८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विराटनगरमा ४ अर्ब लागतमो ‘भ्यू टावर’ बन्ने



मोरङ ।
विराटनगर महानगरपालिका वडा नम्बर ३ मा ‘भ्यू टावर’ बनाइने भएको छ । ४ अर्ब लागत अनुमान गरिएको टावरको उचाइ १ सय १० मिटर हुनेछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश १ का कार्यवाहक मूख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले भ्यू टावरको सामूहिक रुपमा शिलान्यास गरेका हुन् ।
१ विघा ७ कठ्ठा क्षेत्रफलमा एक सय १० मिटर अग्लो भ्यू टावर निर्माण हुने विराटनगर महानगरपालिकाले जनाएको छ । तर सिलान्यास भैसकेको टावरको अहिलेसम्म डीपीआर भने तयार भैसकेको छैन ।
टावरमा राजवंशी समुदायको संग्रहालय, विजनेश कम्प्लेक्स, रिक्रेशन सेन्टर, डिपार्टमेन्ट स्टल, रेष्टुरेन्ट र प्रर्दशनी केन्द्र रहने छ । शिलान्यास भएको भ्यू टावर आगामी चार वर्ष भित्रमा निर्माण सम्पन्न हुने मेयर पराजुलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ कार्तिक २०७५ सोमबार ००:००  ६ : २३ बजे