८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

झुटो मेडिकल रिपोर्ट दिएका चिकित्सक विरुद्ध कारबाहीप्रति चिकित्सक संघको आपत्ति



 

जनकपुरधाम ।

जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकले बलत्कारको घटनामा झुटो मेडिकल रिपोर्ट दिएका चिकित्सकविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउँदा नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाले आपत्ति जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलात्कारको घटनामा झुटो मेडिकल रिपोर्ट दिने डाक्टरलाई पक्राउ गरेर भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि नेपाल चिकित्सक संघले आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएको हो ।

बलात्कारको मुद्दामा झुटो रिपोर्ट दिएको आरोप लागेका चिकित्सक डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई अबिलम्ब रिहाइ गर्न माग गरेको छ । उनीहरूलाई रिहाइ नगरे कडा कदम चाल्न बाध्य हुने र त्यसबाट बिरामीमा पर्न जाने क्षतिको जिम्मेवार सम्बन्धित निकाय नै हुने विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

गत शुक्रबार अख्तियारले जनकपुर अञ्चल अस्पतालका डा. विजयकुमार सिंह र डा. रम्भा गोइतविरुद्ध सरकारी चिकित्सकको पदको दुरुपयोग गरी भ्रष्टाचार गरेकाले हदैसम्म जेल सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।

इलाका प्रहरी कार्यालय, खजुरी धनुषाले गरेको अनुसन्धानअनुसार एक १२ वर्षिया बालिकाको बलात्कारसम्बन्धी स्वास्थ्य परीक्षणमा झुटो रिपोर्ट दिएको आरोपमा उनीहरूलाई निलम्वन गर्नुका साथै लाइसेन्ससमेत रोक्का गरिएको छ । यसै सन्दर्भमा नेपाल चिकित्सक संघका सह कोषाध्यक्षले चिकित्सक भएर काम, कर्तव्य पूरा गर्दासमेत कहिलेकाहीँ सामान्य त्रुटि हुँदैमा चिकित्सकलाई हिरासतमा लिएर कारबाही गर्नु निन्दनीय भएको बताए ।

०७५ भदौ ८ गते जवरजस्तीकरणी पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी झुटो रिपोर्ट दिएको भन्दै सरकारी वकिलको कार्यालयले निलम्बन गर्न सिफारिस गरेपछि उनीहरु कारबाहीमा परेका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७५ सोमबार ००:००  ६ : ०८ बजे