८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

साउथह्याम्पटनको पोस्टमा म्यानचेस्टर सिटीको गोल बर्षा



एजेन्सी । 

इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई ६ – १ गोलको भारी अन्तरले हराएको छ ।

घरेलु मैदानमा सिटीले साउथह्याम्पटन विरूद्द आधा दर्जन गोल गर्दा रहिम स्टर्लिङले दुई गोल गरे । खेलको छैटौं मिनेटमा वेस्लीको आत्मघाती गोलबाट सिटीले अग्रता बनाएको थियो । १२ औं मिनेटमा अग्युरोले सिटीको अग्रता २ – ० को र्पुयाए । त्यसपछि १८ औं मिनेटमा सिल्भाको गोलमार्फत सिटीले अन्तर ३ – ० मा र्पुयायो ।

खेलको ३० औं मिनेटमा साउथह्याम्पटनका ड्यानीले गोल गर्दै खेल ३ – १ को स्थितिमा ल्याए । तर ४५ औं मिनेटमा स्टर्लिङले गोलगरेपछि  पहिलो हाफमा सिटीले ४ – १ को अग्रता बनायो ।

६७ औं मिनेटमा स्टर्लिङले ब्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरे । खेलको ९० औं मिनेटमा सानेले गोल गर्दा सिटीले ६ – १ को फराकिलो जित हात र्पायो । जितसँगै सिटी ११ खेलबाट २९ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७५ सोमबार ००:००  २ : ४८ बजे