एजेन्सी ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी विजयी भएका छन ।
घरेलु मैदानमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३ – १ ले पराजित गरेको हो । चेल्सीको जितमा अल्भारो मोरटाले दुई गोल गरे । खेलको ३२ औं मिनेटमा मोरटाको गोलबाट चेल्सीले अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको चेल्सी विरूद्द ५३ औं मिनेटमा क्रिष्टलका टाउनसेन्डले गोल गर्दै खेल १ – १ को बराबरीमा र्पुयाए ।
६५ औं मिनेटमा मोरटाले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए । त्यसपछि खेलको ७० औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३ – १ को जित दिलाए ।
जितसंगै चेल्सी लिभरपूललाइ पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीले ११ खेलबाट २७ अंक जोडेको छ । चेल्सीले लिभरपूललाई पछि पार्दै दोस्रो स्थान हासिल गरेको हो ।
प्रतिक्रिया