मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल कम्युनिष्ट पाटी कपिलवस्तुले सोमबार जिल्ला स्तरीय शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दै छ । नेपालीहरुका महान चाड बडा दशै, शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर नेकपा कपिलवस्तुले तौलिहवामा जिल्ला स्तरीय कार्यक्रम गर्न लागेको हो ।
मदन आश्रित स्मृती भवन तौलिहवामा हुने उक्त कार्यक्रममा कपिलवस्तुका विभिन्न राजनिति दलका नेता, कार्यकर्ता तथा जिल्ला स्थित सरकारी कार्यलयका अधिकारीहरुको उपस्थिती रहने नेकपाले जनाएको छ ।
कार्यक्रममा जिल्लाका १० ओटै स्थानीय तहबाट नेता तथा कार्यकर्ता उतार्ने नेकपाले लक्ष्य लिएकोछ । कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनाल बलदेवको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रमको सबै तयारी पुरा भएको नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न सांस्कृतीक कार्यक्रम पनि हुने उहाले बताउनुभयो । चियापान कार्यक्रममा उपस्थितीका लागि अरु राजनितिक दलका नेतालाई पनि निमन्त्रणा पठाइएको उहाले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया