८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कृषि–पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार हुन्छ – मन्त्री खनाल



हरि अधिकारी, कपिलबस्तु ।
कृषि–पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार गर्न सकिनेमा सघीय सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल बलदेवले जोड दिएका छन् । कृषि–पर्यटनको एकिकृत बिकास भई मौलिक नेपाली संस्कृति र सामाजिक सदभाव बढ्ने प्रचुर संभावना रहेको समेत उनको धारणा छ ।

नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) केन्द्रिय समितीले कपिलबस्तु सदरमुकाम तौलिहवामा राखेको एक हजार नया गन्तब्य पहिचान र प्रर्वद्धन बिषयक साक्षात्कार कार्यक्रममा बोल्दै उनले व्यवसायिक स्थायीत्व र युवा कृषकको कृषिमा सहभागिता बढ्ने भएकोले कृषिलाई पर्यटन संग जोड्न जरुरी रहेकोमा जोड दिए ।

पर्यटकको प्रत्यक्ष सहभागितामा मौलिक उत्पादनको प्रसोधन हुने भएकाले अव सरकारको मुख्य ध्यान पर्यटन प्रवद्र्धन रहेको समेत मन्त्री खनालको भनाइ छ । कृषि पर्यटक समाजमा प्रत्यक्ष सहभागी हुनाले सामाजिक सदभाव बढ्ने उनको भनाइ छ । फर्म–स्टे, होम–स्टेको र होटलस्टेको सूव्यवस्थापनले पर्यटकको आकर्षण बढ्न गई पर्यटन आवागमन विस्तार हुने हुंदा पर्यटकिय गन्तब्यलाई बढाउदै लैजानुपर्नेमा जोड दिएका छन् ।

चिनारी एवं चिनोको रुपमा प्रदान गरिने स्थानिय उत्पादनको उपहार आदीले बजार विस्तार हुदैं राष्टिय आयमा समेत बृद्धि हुने मन्त्री खनालले बताए । स्वदेशको कृषिउपजबाट निर्मित पहिचान बस्तु विदेशमा विस्तार हुने सुनिस्चित भएकोले पर्यटनलाई कृषिसंग जोड्नु जरुरी रहेको मन्त्री खनालको भनाइ छ ।

पर्यटनलाई हरियो डलर भित्राउने गतिलो व्यवसायका रूपमा नेपाली समाजमा चित्रित गरिनु आवश्यक रहेको प्रदेश सांसद बिष्णु पन्थीको भनाइ छ । पुरातनवादी सोचले ग्रसित नेपाली समाजमा पर्यटन प्रवद्र्धन गर्दा पनि संकुचित अवस्थालाई चिर्न जरुरी रहेको अर्का सांसद धर्मबहादुर लाल श्रीवास्तवले बताए । पर्यटक आकर्षित गर्ने नयाँ–नयाँ कृषि उत्पादन र बजारको खोजी नगर्नु, परम्परागत कार्ययोजनामा नै चलिरहनुले पनि यो व्यवसाय ओझेलमा परेको सांसद सहसराम यादवको भनाइ छ ।

नयाँ–नयाँ गन्तव्य र क्षेत्रहरूमा लगानी, पहिचान प्रवद्र्धनमा समय खर्चिन अव लोभ गर्न नहुने कपिलबस्तुका स्थानीय तहका जनप्रतिनिधीहरु बताउछन् । नेपालको कृषि पर्यटनलाई आन्तरिक र बाह्य पर्यटक भित्राउन भू–बनोटले पनि साथ दिएको छ, जसका लागि सरकारी र निजी क्षेत्र एक भई रणनीतिक योजना तर्जुमा गर्दै प्रभावकारी कार्यक्रम लागू गरी राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सके प्रत्यक्ष अप्रत्यक्ष कैयौंले रोजगार पाउने सम्भावना उत्तिकै रहेको नेपाल पर्यटक पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धनिराम शर्मा (ऋतु बिचार)ले बताएका छन् । कृषिक्षेत्र नेपाली अर्थतन्त्रको मेरुदण्ड मात्र होइन, जनजीविकाको आधार पनि रहेको उनको भनाइ छ ।

राज्यले ल्याएको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमलाई विशेष योजनाका साथ अनिवार्य रूपले कार्यान्वयन गर्न केन्द्रदेखि स्थानीय तहसम्म सरकारी निकायदेखि कृषकसम्मले पहल गरी अघि बढे कृषि पर्यटनको आम्दानीको राम्रो आधार बन्न सक्नेमा जोड दिइएको छ

प्रकाशित मिति : १८ कार्तिक २०७५ आइतबार ००:००  १ : ४८ बजे